सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टिपरले बालिका मारेपछी विराटचोक रणभुमी बन्यो

टिपरको ठक्करले ११ बर्षिया बालिकाको मृत्यु भएपछी बिरोधमा उत्रिएका स्थानीय बासिन्दाले ६ ओट टिपर र १ ओट ट्रक जलाईदिएका छन् । बालिकाको मृत्युपछी बिरोधमा उत्रिएका स्थानिय बासिन्दाको आन्दोलनले उग्र रुप लिएपछी स्थानिय प्रशासनले निषेधाज्ञा नै जारी गरेको छ ।

स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्म साढे तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरेको हो । सुन्दर हरैंचा नगरपालिका वडा नं ११ सिसौघारीमा सोमबार बिहान ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट ११ बर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको छ ।

उत्तरी मोरङका खोलानालामा टिपर र ट्रकहरु बढी मात्रामा चल्न थालेपछि सडकमा दुर्घटनाको जोखिम बढेको छ । सोमबार विहान बिराटनगरतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपरसहित ७ वटा सवारी साधन जलाएको बेलबारी प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वालिकालाई ठक्कर दिने सवारी चालक फरार रहेको प्रहरीको भनाइ छ । सडकमा जलिरहेका टिपरहरुको दृश्य हेर्दा बिराटचोक केहीबेर रणभूमिजस्तै देखिएको स्थानीय बताउँछन् । स्थानीयवासीले वालिकाको शव सडकमै राखेर दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
जलिरहेका ६ वटा टिपर र एउटा ट्रकको आगो निभाउन आएका बारुणयन्त्रलाई समेत स्थानीयले अवरोध गरेपछि स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्