सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मधेस आन्दोलनका बेला भारतियलाई नागरिकता

bidesilai-nagarikta

पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच नाता सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिने क्रम बढेको पाइन्छ । यसरी नागरिकता लिने जिल्लामा सुनसरी अगाडि देखिएको छ ।

भारतीय आतंककारी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनसरी धरानबाट ०६३ सालमा नेपाली नागरिकता प्रमाणपत्र लिए । उनले पहिलो संविधानसभा निर्वाचन अघि घुम्ती शिविर मार्फत वंशजका आधारमा नागरिकता लिएका हुन् ।

प्रहरीले उनलाई नागरिकता दिन सिफारीस गर्ने तत्कालीन समयका माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरकिा प्रमुख अधिकृत नुनुलाल उरावलाई धरौटीमा छाड्यो । पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविर मार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ ।

भारतीय नागरिक उनले झुटो विवरण पेश गरेर नागरिकता लिएको आरोपमा अनुसन्धान जारी छ । मधेस आन्दोलन चर्किएका बेला र भोटको आशामा राजनीतिक दलले समेत भूमिका खेल्दा थुप्रै भारतीय नागरिकले बंशजका आधारमा सुनसरीबाट नागरिकता लिएको पाइएको छ ।

घुम्ती शिविरमार्फत सुनसरीबाट नागरिकता लिने भारतीयको संख्या ठूलो छ । शिविर सञ्चालन गर्नुभन्दा अघि र पछि पनि यहाँबाट थुप्रै भारतीयले नागरिकता लिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्