तराई क्षेत्रमा सक्रिय बन्दै पुर्वराजा ज्ञानेन्द्र शाह
करिब दुई साता देखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दा बढीसंग भेटघाट गरेको बुझिएको छ ।
नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराईको भ्रमणमा निस्किएका पुर्वराजा ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसंग भेटघाट गरेका हुन ।
![](https://everestwall.com/wp-content/uploads/2018/06/gyanendra-shah-861x1024.jpg)
भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शमसेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले हिँजो सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गरेका थिए ।
केही दिन सिमरा बसाइपछि पुर्वराजा शाह सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्व रानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसंग सिमरा बस्दै आएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पुर्वी नेपाल भ्रमणमा निस्किएका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्