सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भोजपुर बमकाण्डमा विप्लव लगायत १६ लाई सफाई

प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका बेला भोजपुरमा बम विस्फोट गराएको आरोप खेपिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २६ जनाले सफाइ पाएका छन् ।

चुनावमा बेला जिल्लाका ३ ठाउँमा बम विस्फोटको आरोप लागेका २० मध्ये महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटव्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले उनीहरुलाई सफाइ दिएको हो । उनीहरुमाथि टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा प्रदेशसभा उम्मेदवार शेरधन राई चढेको गाडीमा बम विस्फोटको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

त्यस्तै साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा भएको बम विष्फोटमा पनि ज्यान मार्ने उद्योग अन्तर्गत नै मुद्दा दर्ता भएको थियो । षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोट सम्बन्धी पनि मुद्दा दायर भएको थियो ।

यी मुद्दामा सफाइ पाउनेमा विप्लव समूहका कार्यकर्ता वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङ लगायतका रहेका छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवानाको फैसला भएको श्रेस्तेदार राजकुमार दाहालले बताएका छन् ।

त्यस्तै, विप्लव समूहका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किरात राष्टिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगाना स्पष्ट नखुलेकोले तामेलीमा राखिएको जनाएको छ ।

केही महिनाअघि बम विस्फोटसम्बन्धी मुद्दामा अनुसन्धान गर्न विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेतालाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रकाण्ड ६० हजार रुपैयाँ धरौटी राखेर छुटेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS