भोजपुर बमकाण्डमा विप्लव लगायत १६ लाई सफाई
प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका बेला भोजपुरमा बम विस्फोट गराएको आरोप खेपिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २६ जनाले सफाइ पाएका छन् ।
चुनावमा बेला जिल्लाका ३ ठाउँमा बम विस्फोटको आरोप लागेका २० मध्ये महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटव्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले उनीहरुलाई सफाइ दिएको हो । उनीहरुमाथि टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा प्रदेशसभा उम्मेदवार शेरधन राई चढेको गाडीमा बम विस्फोटको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो ।
त्यस्तै साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा भएको बम विष्फोटमा पनि ज्यान मार्ने उद्योग अन्तर्गत नै मुद्दा दर्ता भएको थियो । षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोट सम्बन्धी पनि मुद्दा दायर भएको थियो ।
यी मुद्दामा सफाइ पाउनेमा विप्लव समूहका कार्यकर्ता वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङ लगायतका रहेका छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवानाको फैसला भएको श्रेस्तेदार राजकुमार दाहालले बताएका छन् ।
त्यस्तै, विप्लव समूहका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किरात राष्टिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगाना स्पष्ट नखुलेकोले तामेलीमा राखिएको जनाएको छ ।
केही महिनाअघि बम विस्फोटसम्बन्धी मुद्दामा अनुसन्धान गर्न विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेतालाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रकाण्ड ६० हजार रुपैयाँ धरौटी राखेर छुटेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्