निर्मला हत्याकाण्ड नयाँ मोडमा, खतरनाक अपराधी
निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा सम्भावित अभियुक्तका रुपमा प्रहरीले समाउने र सार्बजनिक गर्ने तर प्रमाणले निर्दोष देखिने हुँदा पटकपटक असफल हुँदै आएको प्रहरी अनुसन्धानले अन्तत; सार्थकता पाउने आशा पलाएको छ ।
प्रहरीको निरन्तरको अनुसन्धानले घटनामा संलग्न अपराधीबारे नयाँ ट्विस्ट त आएको छ तर अपराधी पक्राउ नपर्दासम्म यसै भन्न सकिने अवस्था भने छैन । निर्मला हत्याकाण्डमा संलग्न अपराधीबारे प्रहरीले संकलन गरेका सुचना र तथ्यका आधारमा अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ ।
निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान गरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन गर्ने र सम्बन्धित व्यक्तिहरुको बयान लिने काम धमाधम चलिरहेको छ ।
केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणामनिकट पुगेको हो ।
पहिला मानसिक सन्तुलन ठीक नभएका दीलिपसिंह विष्टजस्ता व्यक्ति समातिए जस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको छ । प्रहरी अनुसन्धानअनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो, घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए ।
त्यही ठाँउमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ । डेढ महिनाअघि निर्मला बलात्कार भएको घटनास्थलभन्दा २० मीटर पर अर्को प्रयास भएको र यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्तो लागेको छ । यो खबर आजको जनआश्था साप्ताहिकले छापेको हो ।
प्रहरीसँग पिडितहरुको नाम र सम्पर्क नै छ । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छे मात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उनले यस्तो गर्यो ।’ सम्म पनि भन्न सकेका छैनन् । प्रहरीले यस्तो सम्म फेला पारेको छ की, एक युवती १० पटक भन्दा बढी त्यही पुरुषबाट पीडित भएकी छिन् ।
स्कुल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की एक बालिकालाई लखेटेका थिए । बालिका रुँदै घर पुगिन् । टोलका मान्छेले सोधखोज गरेर दुराचारीलाई लखेटे ।
गाउँलेले समाउन सकेनन् र आफै गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो । प्रहरीको आवतजावत बढेपछि ती पुरुषले ठाँउ फेरेर युवती र बालिकालाई झम्टिने अर्को थलो बनाए । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो ।
तीनपटकको दुव्र्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो । यसरी माघदेखि फागुन, बैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ ।
निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ । यिनै कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ । मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भएको केही महिना र देशमै भए केहि दिनभित्र समातिने दावी प्रहरीको छ ।
निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीेको अनुमान छ, ती व्यक्तिको हर्कत, आँट, ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा नेपालमै पनि हुनसक्छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्