सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
सिन्धुलीको फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांगमा आज भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परी घाईते भएका मध्य १ जनाको उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ बर्षिया तीलमाया बिक, ६५ बर्षिय कुनमान तामाङ, ४० बर्षिया लक्ष्मी बिक, २५ बर्षिया अनीता महत र वडा नं. ३ निवासी ३५ बर्षिया शान्तिमाया श्रेष्ठ रहेका छन् ।
घाईते ७ जना मध्य ३ जनालाई खुर्कोटमा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल पठाईएको छ भने अन्यको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन् ।
आँखा शिविरमा उपचारको लागि जान स्थानिय चढेको बा १५ च ९४२२ नं.को जिप चण्डीभन्ज्यांगमा दुर्घटनामा परेको हो ।
यता जन्ती बोकेको टिपर सुनकोशी गाउँपालिका २ दुम्जा स्थित कमेरे फाँट सिन्धुली नजिकै बुधबार साँझ दुर्घटना हुँदा घटनास्थलमा नै दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तिमाल ९ तित्रिटारकी २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीया चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका १ कोथपेबाट काभ्रेको तित्रिटार फर्किएको जन्ती बोकेको बा ४ ख ९४३८ नम्बरको ट्रिपर दुर्घटना भएको हो । बुधबार साँझ भएको दुर्घटनामा सबैजसो तिमालको भण्डारीवेसी र तित्रिटारका वासिन्दा परेका छन् ।
स्थानीयका अनुसार, ट्रिपरमा ४१ जन्ती (यात्रु) थिए, तिमध्ये १३ जना गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टर, नर्भिक, अन्नपूर्ण न्यूरो र अरु बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्