सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा रहेका ईश्वर ढकालको ‘न्याउली रोयो’

लामो समयदेखी पत्रकारितामा क्रियासिल सञ्चारकर्मी ईश्वर ढकालको शब्द लेखन रहेको ‘न्याउली रोयो’ बोलको गित बजारमा आएको छ । गायिका मालती न्यौपानेको सुमधुर श्वरमा सजिएको गितलाई गोरखा चौतारी म्युजिकले युट्युव च्यानलमार्फत बजारमा ल्याएको छ ।

गितको लय संयोजन राजकुमार बानियाँले गरेका छन् भने संगित संयोजन सागर विरहीले गरेका छन् । गितको पुरुष श्वर प्रतिभाशाली गायक गोविन्द थापाले दिएका छन् ।

हाल अडियोमा मात्रै सार्बजनिक गरिएको गितको भिडियो छायांकन गर्ने तयारी भईरहेको छ । गितका सर्जक ईश्वर ढकालले दिएको जानकारी अनुसार गितको भिडियो संभवत जापान र क्यानडामा छायांकन हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्