सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘सेल्फ को–अपरेटिभ फन्ड’को दोस्रो साधारण सभा

अध्ययनका सिलसिलामा जापान आएका नेपाली विद्यार्थीहरुले स्थापना गरेको सेल्फ को–अपरेटिभ फन्डले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यही फेब्रुअरी २४ तारिखका दिन जापानको तोचिगीसीस्थित लाफा स्पोर्टस् बार एण्ड ग्रिलमा साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाकी सदस्य सञ्जीता हमाल ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कुल पुँजी ४२ लाख ७४ हजार ३ सय ९४ जापानीज येन रहेको छ । स्थापनाको पहिलो बर्ष ८ सदस्यलाई ३६ हजार बोनस रकम बाँडेको फन्डले दोस्रो बर्षमा २२ जना सदस्यलाई २ लाख ८१ हजार ६ सय रुपैयाँ बोनस रकम बाँडेको छ ।

जापानको उचुनोमियास्थित जापानी भाषा स्कुलको प्रांगनबाट ६/७ जनाको समुहबाट सुरु भएको फन्डले स्थापनाको छोटो समयमा सदस्य संख्या र पुँजी रकम बृद्धी गर्न सफल भएको छ । संस्थामा लगभग सबैजसो अध्ययनका सिलसिलामा जापान आएका बिद्यार्थीहरुको लगानी रहेको छ ।

सुरुसुरुमा पढाईबाट बचेको समयमा गरेको कामले कलेज शुल्क तिर्न समेत समस्या हुने र परदेशको ठाउँमा बेलाबेला आर्थिक समस्या आईरहने भएपछी साथीभाईको समुह बनाई ‘सेल्फ को–अपरेटिभ फन्ड’को स्थापना गरिएको संस्थाकी सदस्य रमिला राना मगरले बताईन् ।

फन्डको स्थापनाबारे प्रकाश पार्दै रमिला रानाले संस्था स्थापनाको श्रेय संस्थाका सदस्य अर्जुन केसीलाई जाने बताएकी छिन् । रानाका अनुसार ‘सेल्फ को–अपरेटिभ फन्ड’ स्थापनाको योजना र प्रस्ताव सदस्य अर्जुन केसीले ल्याएका थिए ।

केसी हाल नेपाल गईसकेको भएपनि उनी संस्थामा आवद्ध नै छन् । साधारण सभामा थप ४ जना नयाँ सदस्य थपिएपछी फन्डको सदस्य संख्या २६ पुगेको संस्थाकी सदस्य सञ्जीता हमाल ठकुरीले बताएकी छिन् ।

साधारण सभाले गंगालाल जि.आर.को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । फन्डको उपाध्यक्षमा सञ्जीता हमाल ठकुरी, सचिवमा पुर्ण बहादुर मगर, कोषाध्यक्षमा सुस्मा घताने रहेका छन् । सदस्यहरुमा नर बहादुर पुन, बिमल अधिकारी, नारायण गिरी, रमिला राना मगर र एलिजा लामा रहेका छन् ।

त्यस्तै सभाले विमल अधिकारी र कविता श्रेष्ठ सदस्य रहने गरी नर बहादुर पुनको संयोजकत्वमा ऋण समिति गठन गरेको छ । नारायण गिरीको संयोजकत्वमा विष्णु कुमारी थापा र दिपेन्द्र चाम्लिङ राई सदस्य रहनेगरी लेखा समिति गठन भएको छ । त्यस्तै भुनु पाख्रिन संयोजकत्वमा सुमन पन्त र विष्णु थापा सदस्य रहेको शिक्षा उपसमिति गठन भएको छ ।

साधारण सभाले रमिला राना मगरको अध्यक्षतामा सेल्फ को–अपरेटिभ हेल्पीङ फन्ड पनि स्थापना गरेको छ । हेल्पीङ फन्डको उपाध्यक्षमा अर्जुन रोका रहेका छन् भने रिजन क्षत्री, जितेन्द्र कप्पा, लक्ष्मी नेपाली र सन्दिप श्रेष्ठ लगायत संस्थाका सबै सदस्यहरु फन्डका सदस्य रहने छन् ।

कार्यक्रममा संस्थाको बैठकमा नियमित रुपमा उपस्थित हुने सदस्य, उत्कृष्ट ऋणी र बचतकर्तालाई संस्थाको तर्फबाट उपहार प्रदान गरिएको थियो । फन्डका संयोजक गंगालाल जि.आर.को सभापतित्वमा भएको कार्यक्रममा सदस्य एलिजा लामाले स्वागत मन्तव्य राखेकी थिईन ।

कार्यक्रमलाई संस्थाका सदस्य पुर्ण बहादुर मगरले सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी लामो समयदेखी जापानको हिताची कम्पनीमा कार्यरत राम गुरुङ थिए । त्यस्तै एभरेष्टवाल डट कमका पत्रकार अनिल शाही, लाफा स्पोर्टस बार एण्ड ग्रिलका सञ्चालक सदस्य समर पुन अतिथीका रुपमा रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राम गुरुङले संस्था स्थापना गरेको प्रति सह्राना गर्दै संस्थालाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पनि सुझाएका थिए । गुरुङले आर्थिक पारदर्शितालाई पहिलो प्राथामिकतामा राखेर संस्थालाई अँझै परिस्कृत र विकसीत गर्दै लैजान पनि सल्लाह दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्