फेरी पाकिस्तानमा भारतको आक्रमण, ४ को मृत्यु
पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको छ । यो आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । आक्रमण केही घाइते भएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/indian-army-1024x613.jpg)
भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् । भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ ।
आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । भारतले चरमपन्थी संगठन जैश–ए–मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्