जापानको आओमोरी शहरमा २१ फिट बरफ जम्यो
जापानको आओमोरी शहर संसारको सबैभन्दा धेरै बरफ जम्ने स्थानमध्येको एक हो । अहिले यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ ।
गत वर्ष बरफ हटाउनका लागि सरकारले ३५ मिलियन डलर अर्थात् लगभग चार अर्ब रुपैयाँ खर्च गर्नु परेको थियो । यो शहरमा ३० हजार बढी बासिन्दा छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/snow-at-aaomori-japan-1024x679.jpg)
हरेक वर्ष आओमोरीमा हिम आँधी आउँछ । नोभेम्बरदेखि शहरमा अत्यधिक चिसो साइबेरियाली हावा चल्न थाल्छ । यसलाई सामान्य भाषामा सी इफेक्ट स्नो भनिन्छ । नोभेम्बरमा नै शहरमा ८ फिटसम्म बरफ जम्ने गर्छ ।
सी इफेक्ट स्नोका कारण आओरी र त्यस वरिपरिका इलाकामा बरफको मोटो पत्र जम्ने गर्दछ । बरफको यो मोटो पत्र अप्रिलसम्म रहन्छ । घरको छत, सडक, शहरको तल्लो इलाकामा पनि बरफ मात्रै देखिन्छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/aaomori-japan-snow-1024x657.jpg)
बरफकै कारण यहाँका हरेक व्यक्तिले दैनिक कडा संघर्ष गर्नुपर्छ । एक सी फूड विक्रेता योने नात्सुमेले आओरीमा माछा विशेषगरी कडफिश पाउने सबैभन्दा राम्रो मौसम जाडो मौसम नै भएको बताउँछिन् ।
उनका अनुसार मानिसहरु जाडो मौसममा घुम्नकै लागि भनेर आओमोरी आउने गर्छन् । अमेरिकाबाट आओमोरीमा घुम्न आएका टिम रोबर्टस् भन्छन्–‘यो स्थान संसारबाट निकै अलग छ किनभने यहाँ पहाडमा धेरै माड छैन ।’ टोकियोबाट उच्च गतीका रेलमा यहाँ तीन घण्टामा नै पुग्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
फेसबुकबाट कमेन्ट गर्नुहोस्