कास्मिरमा भारतीय वायुसेनाको लडाकु विमान खस्यो
भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग–२१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग–२१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/indian-fighter-plane-crash-in-kashmir-1024x649.jpg)
उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कीएर खेतमा खसेको थियो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।
भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्