हलेसीबाट फर्केको बस लेखानीमा दुर्घटना, तीनको मृत्यु
हलेसीको दर्शन गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उदयपुरको लेखानीमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी मघुपट्टी–६ बस्ने बर्ष ३३ की कुसुम देवी राम, बर्ष ६० की सरस्वती देवी राम र अर्की एक महिला रहेका छन ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जिवी कोईरालाले जानकारी दिएका छन । हलेसी पुगेर सप्तरी फर्कीरहेको ना४ख ३६२० नम्वरको बस उदयपुरको कटारी–घुर्मीको लेखानी–६ मा शुक्रबार विहान दुर्घटना भएको हो ।
डिएसपी कोईरालाका अनुुसार दुर्घटनामा परेको बसमा ४२ जना यात्रु रहेको प्रारम्भीक जानकारी प्राप्त भएको छ । बस सडकबाट भीरमा २५ मिटर तल खसेको प्रहरीले बताएको छ । घटनास्थल उदयपुरको कटारीबाट ३४ किमि टाढा उत्तरमा पर्छ ।
अहिले कटारीबाट एम्बुलेन्स सहित प्रहरी र सशस्त्र प्रहरी लगायतको टोली घट्ना स्थलमा पुगेको छ । ब्रेक फेल भई बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्