काठमाण्डौ उपत्यकामा १२ बर्षपछी हिउँ पर्यो
नेपालीमा एउटा उखान प्रख्यात छ–‘१२ बर्षपछी खोला पनि फर्किन्छ ।’ उखानमा भनेजस्तै १२ बर्षपछी मध्य फागुनमा काठमाडौँ उपत्यकामा हिउँ परेको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो ।
राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो । यसअघि काठमाडौँ उपत्यका भित्रै २०६३ फागुन २ गते (फेब्रुअरी १४, २००७) मा हिउँ परेको थियो ।
त्यतिबेला काठमाडौँका त्रिपुरेश्वर, न्यूरोडसहीतका मूख्य भागमै हिउँ परेको थियो । त्यसअघि वि.सं. २००१ साल पुसमा काठमाडौँ उपत्यका भित्रै हिमपात भएको रेकर्ड छ ।
जाडो जान लागेको समयमा बर्षासँगै हिउँ परेपछि काठमाडौँ उपत्यकाको मौसम पनि चिसिएको छ । हिउँले उपत्यकाका चन्द्रागिरि, नागार्जुन, शिवपुरी क्षेत्रका डाँडाकाँडा सेताम्मे भएका छन् । बुधबारदेखि देशैभर बर्षात् र हिमपात भएको थियो ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको बाजुरा र डडेल्धुरासम्ममा पनि बाक्लो हिमपात भएको छ । मौसम विभागका अनुसार हिँजोदेखि देशभर मौसम बदली भएर पानी परिरहेको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी भागमा हिमपात र वर्षा भएको मौसमविदले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्