सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मन्त्री रबिन्द्रको राजकिय सम्मानकासाथ अन्त्येष्टी

पाथिभरा दर्शन गरेर फर्कने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको हो ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए । अधिकारीको शव आजै अन्त्येष्टीका लागी काठमाडौंबाट पोखरा लगिएको थियो ।

पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा हजारौँ सर्वसाधारण सहभागी भएका थिए ।

मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार भने अब चार दिनमै सकिने भएको छ । मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियन्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ । आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्