सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्थानिय निर्वाचन गर्न तीन दल सहमत

prachanda-oli-and-deuba

लामो राजनितिक रस्साकस्सी पछी प्रमुख तीन दलका शीर्ष नेताहरु स्थानीय चुनावको मिति घोषणा गर्न सहमत भएका छन् । तीन दलका शिर्ष नेताहरु संविधान संसोधनलाई थाती राखेर भएपनि स्थानिय चुनावमा जाने भन्ने खालको सहमति भएको एमाले अध्यक्ष केपी शर्मा वलीले बताएका छन् ।

बैठकपछी पत्रकारहरुसँग बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताबिच बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन र स्थानिय निर्वाचन संगसंगै लैजाने या संसोधनलाई थाती राखेर निर्वाचनमा जाने भन्नेबारे छलफल भएको जानकारी दिएका छन ।

बैठकपछी पत्रकारहरुसँग बोल्दै ओलीले भने–‘निर्वाचन सम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचनको मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भयो, सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत छैन, अर्को बैठकमा निर्वाचनबारे थप छलफल हुनेछ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधन र निर्वाचनबारे छलफल भएको र निर्वाचनमा जान सबै नेताहरु सहमत भएको प्रतिक्रिया दिएका छन् । देउवाले सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव भने प्रतिपक्षी एमालेले चाहेजसरी फिर्ता नहुने स्पश्ट पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्