सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

झलकमानको गित कसरी गाए मनोज थापाले ?

नेपाल आइडल सिजन–१ को उत्कृष्ट १८ बाट बाहिरिएका गायक मनोज थापा मगरले स्वर्गिय झलकमान गन्धर्वको बहुचर्चित गित ‘तिम्रो नै मायाँ लाग्दछ साईँली’ मा आफ्नो सुमधुर स्वर सजाउँदै कभर गित युट्यूवमार्फत सार्वजनिक गरेका छन् ।

करिब ४ मिनेट लामो गितमा गायक थापा मगरले गितलाई आफ्नै शैलीमा ढालेर गाउने प्रयास गरेका छन् । लोकलयमा आधारित गितलाई गायक मगरले आधुनिक संगितको धुनमा गुनगुनाउँदै न्याय प्रदान गरेका छन् । उनको च्यानलमा प्राय पुराना सदाबहार गितहरुको कभर भिडियोहरु सुन्न र हेर्न पाईन्छ ।

https://www.youtube.com/watch?v=R2lRUtSoGO8

उसो त गायक मगरले साँचो मायाँ लाउँछु म त, सोल्टिनी हजुर र माईली लगायतका सुमधुर गितहरु पनि बजारमा ल्याईसकेका छन् । गायक थापाले आफ्नै युट्यूव च्यानल ‘Manoj Thapa Magar’ मार्फत गितहरु सार्बजनिक गरेका छन् ।

साँचो मायाँ र माईलीको शब्दचित्र सहितको भिडियो बजारमा ल्याएका गायक मनोजले ‘सोल्टिनी हजुर’ गितको म्युजिक भिडियोसमेत सार्वजनिक गरेका छन् । ‘सोल्टिनी हजुर’ गितको म्युजिक भिडियोमा सुन्दर नायिका मिरुना मगरले लोभलाग्दो अभिनय गरेकी छिन् । भिडियोमा गायक मनोज आफैले पनि अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=K8PnBT-NesQ

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS