सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

इपिएसमार्फत कोरिया गएका एक नेपालीको मृत्यु

इपिएस प्रणालीमार्फत काम गर्न दक्षिण कोरिया गएका एक नेपालीको निधन भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा निधन भएको आफन्तले बताएका छन् ।

मृतक राई कोरियाको ह्वासंग शहरस्थित एक मोटर पार्टस् बनाउने कम्पनीमा काम गर्दै आएका थिए । उनी चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर पुन सोही कम्पनीमा कमिटमेन्ट वर्करको रुपमा गएका थिए ।

मृतक राई बेलुकाको खाना खाए लगतै बेहोस भएर ढलेको सँगै काम गर्ने साथीले बताएका छन् । ३८ वर्षीय राईका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्