फेसबुकमा लभ परेका प्रेमी भेट्न जाँदा बलात्कृत
फेसबुकमै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी नै बसिसकेको छ । तर, यसरी भेटघाट गर्नुअघि धेरै कुरा सोच्नुपर्छ भन्नेतर्फ हाम्रो ध्यान नै जाँदैन । अब यस्तो बानीमा सुधार गर्नुपर्ने देखिएको छ । किनकी जुनसुकै अपरिचित व्यक्तिले तपाईंसँग भेट गरेर फाइदा उठाउन सक्छ ।
सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/03/rape-of-girl.jpg)
दिउँसो २ बजे वीरेन्द्रनगर–९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बहानामा दुई किशोरले बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ ।
वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका किशोर १६ वर्षका हुन् । उनको नाम गोप्य राखिएको छ । उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन् ।
पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन् । पक्राउ परेका किशोरले उनीहरुबीच २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्