बालकको हत्या गरी जेब्रामा फाल्ने नमर्दासम्म जेल
गत मंसिरमा गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो ।
अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो । यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो ।
फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्ने ब्यवस्था छ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ (ग) बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो ।
गत मंसिर ११ गते आफ्नो गेष्टहाउस अगाडी खेलिरहेका बेला साँझ ६ बजे बेपत्ता भएका बालक प्रयास कुँवरको दुई दिनपछी हत्या गरि शब जेब्रा झोलामा पोको पारेर फालेको अबस्थामा गोंगवुस्थित म्हैपी खोलाको कल्भर्टमा फेला परेको थियो ।
हत्या गरिएका बालक प्रयास कुँवर पर्वत घर भई काठमाण्डौस्थित गोंगवुमा स्वस्तिमा त्रिवेणी गेस्ट हाउस सञ्चालन गरी बसेका प्रवीण कुँवरका छोरा हुन् । हत्या गरिएका बालक प्रयास कुवँर टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।
बालक कुवँरलाई सोही गेष्टहाउसको गाडि चलाउने ड्राइभर स्याङजा भिरकोटका महेन्द्र सार्कीले अपहरणपछि हत्या थिए । हत्यारा सार्कीले दिएको बयान अनुसार उनलाई मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरी हत्या गरेको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्