सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अबैध सम्बन्ध लुकाउन प्रेमीकाको हत्या गरेको खुलासा

पाल्पामा गत महिना सडेगलेको अवस्थामा फेला परेको एक महिलाको शव उनकै प्रेमीले अवैध सम्वन्ध ढाकछोप गर्न हत्या गरेर फालेको खुलासा भएको छ । फागुन २४ गते घरबाट हराएकी रिब्दिकोट गाउँपालिका–५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीलाई उनकै छिमेकी ४६ वर्षीय नुरबहादुर विश्वकर्माले हत्या गरि फालेको प्रहरीले जनाएको छ ।

हार्थोक जान्छु भन्दै उक्त दिन घरबाट हिडेकी घर्तीको शव फागुन ३० गते सोही वडाको ज्योतिष टोलस्थित कुशुमखोला नयाँटोल जाने बाटो नजिकैको खरबारीमा सडेगलेको अवस्थामा फेला परेको थियो ।

घर्ति र विश्वकर्माबिच अवैध सम्बन्ध रहँदै आएको र त्यही सम्बन्ध ढाकछोप गर्न आफुले फलामको रड प्रहार गरि हत्या गरेर फालेको विश्वकर्माले स्वीकार गरेको पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिएका छन् । मृतकका २७ वर्षीय छोरा पदमबहादुर घर्तीले किटानी जाहेरी दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS