सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हावाहुरीले भत्काएका घर सरकारले बनाईदिने

बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले भत्काएका घर सरकारले निर्माण गर्ने भएको छ । सरकारले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर बनाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले जनता आवास कार्यक्रमको डिजाइनअनुसार भत्किएका घर निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

कार्यदलमा सहरी विकास मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन् । पीडितको घर निर्माणका लागि प्रदेशका प्रमुख र प्रदेश सचिवले समन्वय तथा सहजीकरण गर्ने छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्