सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वी नेपाल विकास केन्द्र तोचिगीको अधिवेशन

पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापान, तोचिगी क्षेत्रिय समितिले दोस्रो अधिवेशन गर्ने तयारी गरेको छ । आउँदो आईतवार अप्रिल २१ तारिख आईतवारका दिन अधिवेशन तथा भेटघाट कार्यक्रम आयोजना गरिएको नबिन दाहालले बताएका छन् ।

अधिवेशन तथा भेटघाट कार्यक्रम तोचिगीसीस्थित लाफा स्पोर्टस बार एण्ड ग्रिलमा हुने भएको छ । पुर्वी नेपालका बिभिन्न जिल्ला घर भई हाल जापानको तोचिगी क्षेत्र आसपासमा बस्ने सबै नेपालीलाई भेटघाट तथा अधिबेशनमा सहभागी भईदिन आयोजकले अपिल गरेको छ ।

अधिवेशन तथा भेटघाट कार्यक्रममा पुर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुवास लोहनी, सचिव कुमार वन लगायतको टोली आउने बताइएको छ । केन्द्रको तोचिगी क्षेत्रको संयोजक हाल सरोज भेटवाल रहेका छन् ।

कार्यक्रम दिउँसो २ बजेदेखी ५ बजेसम्म हुने बताईएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्