सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वराजाको गाडीको ठक्करबाट घाईते प्रकाशको मृत्यु

गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल छाडेर फर्किएको गाडीले दिएको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ । पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल र्पुयाएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका इटहरी उपमहानगरपालिका–९ का प्रकाश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी विराटनगरको विराट नर्सिङहोममा उपचाररत थिए । शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो । घाइते चौधरीको मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

अल्मुनियमको काम गर्दै आएका २२ वर्षाक प्रकाश र हेम साइटको कामले गर्दा मोरङको सुनसरीका विभिन्न स्थानमा पुग्ने गरेका थिए । काम गर्न टाढा पुगे पनि उनीहरु साँझ भने सधै घर नै पुग्थे । बुधबार पनि सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्किएको गाडीले ठक्कर दिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्