साईप्रसमा ७ महिलाको श्रृंखलाबद्ध हत्या, नेपाली हुनसक्ने
साइप्रसमा एक व्यक्तिले सात महिलाको श्रृंखलाबद्ध हत्या गरेको आरोप स्विकारेका छन् । स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको ‘श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला’ बताइरहेका छन् ।
दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो बिहिबार भेटिएको थियो । मुख्य संदिग्ध ३५ वर्षका ग्रीक–साइप्रस मूलका सैन्य अधिकारीले थप हत्या गरेको कुरा स्विकारेका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/04/cyprus-murder-case-1024x646.jpg)
उनीबाट पाएको सूचनाको आधारमा अब पुलिसले बाँकी शवको खोजीमा जुटिरहेको छ । यीमध्ये एक महिला जो भारतीय वा नेपाली मूलको हुनसक्ने बताएको छ । श्रृङ्खलाबद्ध हत्यामा ज्यान गुमाउने रोमानियाकी एक महिला र उनकी आठ वर्षकी छोरी पनि छिन् ।
हत्या गरिएकी अर्की महिलाको पनि ५ वर्षीया छोरी हराइरहेकी छिन् । अनुसन्धानकर्ताले बिहिबार नै तेस्रो महिलाको शव बरामद गरेको छ । संदिग्ध आफैंले अनुसन्धानकर्तालाई उक्त स्थानमा लिएर गएका थिए ।
संदिग्धले यी महिलालाई उनले डेटिङ वेबसाइटमार्फत् भेटेका थिए तर यी महिला सन् २०१७ डिसेम्बरमा हराएकी थिइन् । अहिलेसम्म शव बरामद गरिएका तीन महिला फिलिपिन्स मूलका हुन् । संदिग्धको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । पुलिसले अनुसन्धानका लागि बेलायती अनुसन्धानकर्ताको पनि मद्दत मागेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्