सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पहिला एमालेको शक्ति प्रर्दशन अनि संसद बैठक

सिमांकन हेरफेर सम्बन्धमा सरकारले ल्याएको संसोधन विद्येयक संसदमा पेश गर्नै नदिने विपक्षि एमालेको अडानका कारण अन्यौलपुर्ण बनेको संसद बैठक अन्तत चल्ने संकेत देखिएको छ ।

संसोधन विद्येयक विरुद्ध परेको रिटमा सर्वोच्चले निर्णय सुनाएपछी एमाले संसद खुलाउन लचिलो बन्ने संकेत देखिएपछी संसद सुचारु हुने देखिएको हो ।

सर्वोच्च अदालतको आदेशसँगै व्यवस्थापिका संसदको मंगलबारको बैठक स्थगित गरी पुस २४ गते राख्न संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुख ओनसरी घर्तीलाई सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगित भएको छ ।

संसदको परामर्श समिति बैठकमा कानुन मन्त्री अजयशंकर नायकले बोल्न खोज्दा उनलाई रोकेर सभामुखले दलका नेताहरुलाई पर्याप्त छलफल गर्न २४ गतेसम्मको समय दिने निर्णय सुनाएको बताईएको छ ।

समितिको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष तहमा छलफल गर्नका लागि २४ गतेसम्मको समय दिनु उपयुक्त हुने बिचार राखेका थिए ।

नेम्वाङको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सहमति जनाएका थिए । सर्वोच्चको आदेशसँगै दलहरु सहमतिको दिशातर्फ अघि बढेको संकेत देखा परेको छ ।

सर्वोच्चले संविधान संशोधन प्रक्रियामै रहेका बेला सोबारे अदालतले निर्णय गर्नु मनासिब नभएको आदेश जारी गरेको छ । यो निर्णयसँगै संविधान संशोधनको विषय फेरि संसदकै अधिकार क्षेत्रमा फर्किएको छ ।

संसोधन विद्येयक विरुद्ध विपक्षि दल एमालेले पुस २२ गते काठमाण्डौमा गर्न लागेको शक्ति प्रर्दशनलाई ध्यानमा राखी संसद बैठक ५ दिनका लागी स्थगित गरीएको राजनितिक वृत्तको बुझाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्