सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा ८ लाख पुरस्कार राशिको ‘लाफा कप–२०१९’

जापानमा ८ लाख पुरस्कार राशिको ‘लाफा कप–२०१९’ फाइभ–ए–साइड फुटबल प्रतियोगिता आयोजना हुँदैछ । लाफा क्लव तोचिगीले मे ५ तारिख आईतबारका दिन आयोजना गरेको लाफा कप फुटबल प्रतियोगितामा जापानमा रहेका २१ ओटा नेपाली फुटबल समुहले सहभागीता जनाउँदै छन् ।

फुटबल प्रतियोगितामा विजेता हुने समुहले ५ लाख जापानी येन नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने समुहले २ लाख जापानी येन नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने तेस्रो हुने समुहले १ लाख जापानी येन नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा बेस्ट प्लेर, बेस्ट किपर, हाई स्कोरर र बेस्ट डिफेन्डरलाई पनि नगद पुरस्कार र मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।

लाफा कप–२०१९ लाई जापानमा नेपालीहरुको पहिलो हाकेन कम्पनी एसएमएस कर्पोरेसनले मुख्य प्रायोजन गरेको छ । त्यस्तै प्रोफिट सर्भिस, लाफा रेष्टुरेन्ट एण्ड बार र शेर्पा कर्पोरेसनले पनि लाफा कप–२०१९ लाई प्रायोजन गरी सहयोग गरेको लाफा क्लवका अध्यक्ष मनोज गुरुङले बताएका छन् ।

लाफा कपलाई सहयोग गर्ने अन्य सहयोगदाताहरुमा एलजी परिवार, प्रकाश महत, एभरेष्ट कर्पोरेसन, कमल शेरचन, शेरचन रेष्टुरेन्ट, लाल प्रसाद गुरुङ, ओहिरा क्लव, दारुमा हलाल, राजु शेरचन, कमल बोगटी, प्रीन्स चुनेली, राम रेग्मी, विनय खवास, खेम पुर्जा, नमस्ते रेष्टुरेन्ट ओयामा, एम.के.जोसी, सिटि रेमिट तोचिगीका कर्मचारी कृष्ण प्रसाद गैरे, राज कुमार दरेल, प्रकाश सिंह, महेश श्रेष्ठ, तिर्थ राज दाहाल, सुरेन्द्र लाल श्रेष्ठ, विजय कुमार श्रेष्ठ, लेलीन भट्टचन, विद्या सागर गुरुङ, तेज तामाङ, थमन पुन, प्राइज भण्डारी, डि.के. घिमिरे रहेका छन् ।

प्रतियोगितामा सहभागीता जनाउने समुहहरुमा लाफा रेड, ब्लु रे, नर्थर्न सिजुओका काठमाण्डु, सगरमाथा, पनौती ११, गोर्खे जे, अल स्टार, छेबेटार, लाफा युनाईटेड, ओईजुमी, गोर्खे, मगर समाज तोचिगी, लाफा ब्लु, रोशी, काभ्रेली समाज, याताईमुरा नेपाल युनाईटेड, सनसाईन, टोक्यो ब्रोदर्स, तोचिगी काल भैरव, हाईजीमा र राईजिङ नेपाल रहेका छन् ।

आयोजक लाफा क्लवका अनुसार फाईभ–ए–साइड अन्र्तगत हुने लिग खेल जम्मा १५ मिनेटको खेलाईनेछ । जसमा पहिलो हाफ ७ मिनेटको हुनेछ भने दोस्रो हाफ ८ मिनेटको हुनेछ । क्वाटर फाईनल, सेमी फाईनल र तेस्रो स्थानका लागी हुने खेल १८ मिनेटको खेलाईनेछ । जसमा पहिलो हाफ ८ मिनेटको हुनेछ भने दोस्रो हाफ १० मिनेटको हुनेछ । १०/१० मिनेटको हाफ हुने फाईनल खेल भने २० मिनेटको हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS