सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिके राउतले दर्ता गराए राजनितिक पार्टी

सिके राउत नेतृत्वको जनमत पार्टी सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।

यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए । निर्वाचन आयोगमा दल गर्दा गरेसँगै सिके राउत जनमत पार्टीमार्फत खुला राजनितीमा आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्