सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौबाट हराईन ९ मा पढ्ने १४ बर्षकी श्रेया

इलामको सुर्योदय नगरपालिका वडा नं. १, गोर्खे घर भई पढ्नका लागी हाल काठमाण्डौं बस्दै आएकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि अचानक हराएकी छन् । काठमाण्डौंको बसुन्धारामा रहेको साउथ वेष्टर्न स्कुलमा अध्ययनरत बालिका श्रेया एकाएक घरबाट हराएको परिवारले बताएका छन् ।

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक कोठामै भेटिएको छ । मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टर्न स्कुलको कक्षा ९ मा अध्यनरत थिइन् ।

हराएकी बालिका श्रेया कटुवाल

बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिएकी छिन् । उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कटुवाल काठमाडौं आईपुगेका छन् ।

बालिकाले आफुले प्रयोग गर्दै आएको फोन भने कोठामै छोडेको दिदी अनिताको भनाइ छ । श्रेया बसेको स्थानबाट उनले पढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ । अनिताले भनिन्, ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएको छैन ।’

परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबार नै जानकारी दिएको दिदी अनिताले बताइन् । आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छिन् । उनले छोरीको खोजीका लागि पहल गरिदिन सरोकारवाला सबैलाई अनुरोध गरेकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्