सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्ववियु निर्वाचनमा २८ बर्षको उमेर हदबन्दी

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा उम्मेदवार हुन उमेरको हदबन्दी तोकेपछी बुढापाका बिद्यार्थी नेताहरुको बिचल्ली हुने भएको छ । लामो समयदेखी चर्चा हुँदै आएको स्ववियु निर्वाचनमा उमेर हदबन्दी तोक्ने बिषयले त्रिविको ४२ औँ साधारण बैठक मार्फत पुर्णता पाएको हो ।

बुधबार बसेको त्रिविको ४२ औँ साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको हो । उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने पक्का जस्तै भएको छ । त्रिवि सिनेटले मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णय समेत गरेको उनले बताए ।

सिनेटको निर्णय अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिव सहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ । यसअघि विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दीको विषयमा विवाद हुँदै आएको थियो ।

प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ साल यता विद्यार्थी सङ्गठनबीच विवाद सिर्जना भएर हुन सकेको छैन । उमेर हदबन्दी लगाउने त्रिविको निर्णयले स्ववियु निर्वाचन सुनिस्चित भएको भन्दै बिभिन्न विद्यार्थी संगठनहरुले निर्णयको स्वागत गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्