सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किशोरी बलात्कारका आरोपी ३ प्रहरी खोरमा

कैलालीमा १३ वर्षीया किशोरी जबजस्ती करणी गरेको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनोहराका २५ वर्षीय झगरु चौधरी छन् ।

किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

पक्राउ परेका ३ जनामाथि किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा हत्या गर्ने धम्की दिएको किटानी जाहेरी परिवारले प्रहरीकोमा दिएका छन् । प्रहरी नायब उपरीक्षक बस्नेतले आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएका छन् ।

यसअघि कैलालीसँगै सीमा जोडिएको कञ्चनपुरमा पनि किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कार र हत्यामा संलग्नको अहिलेसम्म पहिचान हुन सकेको छैन । यसलाई लिएर सरकारको आलोचना हुँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्