सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कार दुर्घटना हुँदा एकै परिवारका दुईको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति करिब १२ बजे खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कदै गरेका काठमाडौं महानगरपालिका–२१ नयाँ बारेश्वरका एकै परिवारका ४६ वर्षीया हेमा लामिछाने र ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको हो ।

बा १ च नम्बरको कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौं–२१ कै २२ वर्षीया आस्था लामिछाने घाइते भएकी छिन ।

उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुर्घटनामा कार चलाउने ५८ वर्षीय दिपक लामिछाने सामान्य घाइते भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्