गमलामा खुर्सानी र गोलभेडा लगाउः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त स्थान नभए गमलामा भएपनि फलफु्ल र विरुवा रोप्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । शनिबार कोटेश्वरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै ओलीले गमलामा भएपनि केही विरुवा लगाउँदा त्यसले स्वास्थ्य र वातावरणलाई फाइदा गर्ने बताएका छन् ।
‘केही नभए खुर्सानी लगाउनुस्, किन्न जानुपर्दैन, अचार बनाउन त पुग्छ ।’ ओलीले भने-‘दुईवटा गमलामा खुर्सानी, दुईवटामा टमाटर लगाउनुस् अलिकति नुन थपेपछि अचार बन्छ ।’ बजार जानुभन्दा कौसीतिर जानु राम्रो हुने र झोला बोकेर हिन्नुभन्दा टपक्क टिपेर ल्याएको खान उचित हुने ओलीको भनाई थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/06/satyamohan-joshi-planting-1024x689.jpg)
सरकारले शनिबारबाट मुलुकभर वृक्षारोपण कार्यक्रमको आरम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नास्पातीको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन् ।
यस वर्ष सरकारले ३ करोड फलफूलका विरुवा रोप्ने लक्ष्य राखेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले भने–‘कम्तिमा ४ करोड वृक्षारोपण यसै वर्ष गरिने छ ।’
५ करोडभन्दा धेरै विरुवा नेपालमा नभएकाले यसवर्ष नर्सरीलाई व्यापकता दिएर अर्को वर्ष थप विरुवा रोप्ने ओलीको जनाए । ‘हरित शहर, हरित सडक’ को अभियानमा सरकार लागेको र चौडा गरीसकेका सडकमा मात्रै विरुवा रोप्ने बताए ।
![](https://everestwall.com/wp-content/uploads/2019/06/pm-kp-oli-planting-1024x679.jpg)
फेरी खन्ने, भत्काउने सडकमा नलगाउने भन्दै उनले रोपेको विरुवाको सुरक्षा जिम्मा हरेक नेपालीले लिई सन्तानलाई झैं प्रेमपूर्वक हुर्काउन सुझाव दिएका छन् । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले पनि विरुवा रोपेका थिए ।
वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, कर्मचारी, स्थानीयको उपस्थिति थियो । विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । ललितपुरको चक्रपथखण्डमा शनिबार ३० हजार विरुवा रोप्ने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्