छोरीले गरिन प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या
भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको निर्ममतापुर्वक ज्यान लिएको खुलासा भएको छ । चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर निर्ममतापुर्वक ज्यान लिइएको हो ।
घटनाको अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका मोहम्मद नौशाद रहेका छन् । उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको हो ।

उनको ज्यान लिनुको कारण छोरी र उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।
श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । अपराध महाशाखा श्रोतले भनेको छ–‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ ।’
प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । सावित्रिको हत्या गरेर हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ । उनीहरु मोहम्मद रहिश र भोला कुमार भएको प्रहरीले जनाएको छ ।
सावित्रि हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन् । उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन् । सोही क्रममा नासिदसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्