सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबिच भिडन्त

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरेका छन् ।

डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव कार्यकर्ताको जम्काभेट भएपछि गोली हानाहान भएको हो । गोली हानाहानपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्विर

करिब दुई मिनेट गोली चलेको सिलिचोङ गाउँपाकिलाका–१ का वडाअध्यक्ष अलक्ष राईले जानकारी दिएका छन् । विहान साढे १० बजेतिर गोली पड्किएको आवाज आएको उनले जानकारी दिएका हुन् । गोलि चले पनि दुबैतर्फ कुनै क्षति नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्