काठमाण्डौमा पक्राउ परे मोस्ट वान्टेड खान
अप*हरण, फिरौती र ह*त्याका घटनामा प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिलवस्तुका नसिम खानलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुलाई केन्द्र बनाई आधा दर्जन अप*हरण, फिरौती र ह*त्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
सीआइबीका प्रमुख डीआइजी निरज शाहीका अनुसार फरार अभियुक्त नसिम खान कपिलवस्तुमा श्रृङ्खलाबद्ध घटना घटाएर छिमेकी मुलुक भारतमा लुकीछिपी बस्दै आएका थिए । फरार सुचीमा रहेका खानलाई कपिलवस्तु प्रहरीलेसमेत विशेष टोली बनाएर खोजी गरिरहेको थियो ।
सीआईबीको टोलीले फरार अभियुक्त खोज्ने सिलसिलामा नसिम खानलाई राजधानी काठमाण्डौको बानेश्वरबाट पक्राउ गरेको हो । खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको ह*त्या गरी फरार भएको प्रहरीको आरोप छ । रहमानसहित खानले आठ जनाको ह*त्या गरेको आरोप प्रहरीले लगाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्