बबरमहल सडक दुर्घटनामा १ जनाको मृ*त्यु
काठमाण्डौको माईतिघर–तिनकुने सडकखण्डको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीले ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा ओखलढुंगा घर भई पेप्सीकोला बस्ने बर्ष १९ का दीपक थापाको ज्यान गएको पुष्टि गरेका छन् । उनी स्कुटर पछाडी सवार थिए ।
माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ नम्बरको स्कुटर र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किएको डीएसपी बुढाथोकीले बताएका छन् ।
स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सी प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्