सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उपेन्द्र यादव र राजेन्द्र महतोबीच शित युद्ध

मधेसी मोर्चाभित्र रहेका दुई शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोबीच फेरि शीत युद्ध सुरु भएको छ । संविधान संशोधन हुने अन्तिम तयारीमा रहेका बेला दुई शीर्ष नेताहरूबीचको कटुता एकपटकफेरि मैदानमा आएको छ ।

व्यक्तिगत टकरावका कारण यसअघि मैदानमा खुरेलै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्दै आएका यादव र महतो ‘मधेस’ शब्दको बहानामा फेरि खरो आलोचनामा उत्रिएका हुन् ।

सप्तरीमा भएको सार्वजनिक कार्यक्रममा अध्यक्ष महतोले उपेन्द्र यादवलाई ‘मधेस’सँग बद्मासी गरेको भन्दै आरोप लगाएपछि सचिवालय रिसाएको हो । यादवले आफ्नो पार्टीको नाम परिवर्तन गरेर ‘मधेस’ शब्द हटाएकोप्रति महतोका आक्रमण थियो ।

उपेन्द्र यादवप्रति लक्षित गरेर महतोले ‘कसैले आफ्नो पार्टीबाट ‘मधेस’ शब्द हटाउँदैमा मधेसीको हकअधिकारको आन्दोलन रोकिँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सद्भावनाका केन्द्रीय कार्यालय सचिव राजेश चौधरीले राजेन्द्र महतोको आफ्नै राजनीतिक उचाइँ रहेको भन्दै व्यक्तिगत गालिगलौजमा उत्रन नहुने बताए । ‘उपेन्द्र यादवजीको आफ्नै उचाइँ छ । राजेन्द्र महतोजी मधेसीमा लोकप्रिय नेताका रुपमा पहिचान बनाउनु भएको छ’, उनले भने, ‘महतोजीको लोकप्रियता देखेर केही नेता र दलहरूको टाउको दुःखाइ भएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्