गायक दिलेन्द्र जोसीको तिज गित ‘झुम्का हरायो’
तिज नजिकिँदै गर्दा गायक दिलेन्द्र जोशीले ‘झुम्का हरायो’ बोलको धमाकेदार तिज गित बजारमा ल्याएका छन । लोकदोहोरी तथा देउडा गायकका रुपमा आफ्नो परिचय बनाएका गायक दिलेन्द्र जोशीलाई ‘झुम्का हरायो’मा सुमधुर स्वरकी धनी गायीका सम्झना भण्डारीले साथ दिएकी छिन ।
हाल जापानको फुकुओका बस्दै आएका गायक जोशीले ‘झुम्का हरायो’ गितमा श्वर, शब्द, संगित सबै आफै गरेका छन । दार्चुलाको रिठाचौपाता मैखोलीका जोशीको तिज गित ‘झुम्का हरायो’मा शंकर बिसी र आरुषी मगरले अभिनय गरेका छन ।

जोशीको तिज गित ‘झुम्का हरायो’मा देउडा गितका मौलिक शब्दहरु प्रयोग गरी फ्युजन गरीएकाले दर्शक श्रोताले गितलाई रुचाउने गायक जोशीले आशा गरेका छन् । सुदुरपस्चिमको देउडा देखि पुर्बको रोइला लगायतका गित गाउने गायक जोशीले ‘मायालाई पैसामा किन्छु नभन’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका थिए ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्