नेपाल बंगलादेश बैंकका म्यानेजरको कर्तुत
ऋण दिने प्रलोभनमा युवती बला*त्कार गरेको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंकका शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो ।
२०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बला*त्कार गरेको आरोप बास्तोलामाथि छ । घटना बाहिरिएपछि उनी फरार भएका थिए । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन ।
से*क्स गर्न दिने भए मात्रै कर्जा उपलब्ध गराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जव*रजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।
पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएका छन् । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती क*रणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्