तेस्रो बिहे गर्दै ६२ बर्षिय पुर्व अर्थमन्त्री कार्की
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले विवाह गर्ने भएका छन् । आइतबार साँझ उनले विवाहका लागि टिकाटालो गरेका छन् । दिनभर पार्टी केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालयमा रहेका उनले साँझ राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् ।
६२ बर्षिय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन । कार्कीको परिवारले आफनो परिवारका केही सिमित सदस्यलाई मात्रै बोलाएर इंगेजमेन्ट गरेका हुन् ।
गोप्य ढंगले इंगेजमेन्ट गरेका कार्कीले विवाहको मिति समेत सार्वजनिक गरेका छैनन् । पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले अहिले गर्न लागेको विवाह तेस्रो हो । यस अगाडी विवाह गरेका दुबै श्रीमतिको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । उनको पहिलेको श्रीमति तर्फका एक छोरी छन् ।
यो समाचार एभरेष्टपाटीमा प्रकासित छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्