सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दाजुबहिनी एउटै डोरीमा झु*ण्डिएर आत्मह*त्या

दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झु*ण्डिएर आत्मह*त्या गरेका छन् । शैल्य शिखर नरपालिका वडा नम्बर–५, बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झु*ण्डिएर आत्मह*त्या गरेका हुन् ।

उनीहरु महाकाली नगरपालिका वडा नम्बर–४, खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । दाजुबहिनि पङ्खामा डोरी लगाइ झु*ण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका थिए ।

प्रतिकात्मक तस्विर

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी पर्छन् । मनिसाको विवाह भइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिएका छन् । हालसम्म संगै झु*ण्डियर आत्मह*त्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्