सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भिडन्तमा विप्लवका जिल्ला ईन्चार्ज र प्रहरीको मृ*त्यु

भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूहका कार्यकर्ता र प्रहरीबीच गो*ली हानाहान हुँदा दुई जनाको मृ*त्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृ*त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको भोजपुर प्रहरीले जनाएको छ । विप्लव समूहको गो*लीबाट प्रहरी मा*रिएको यो पहिलो घटना हो ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गो*ली हानेका हुन् ।

Sanjib Rai Bhojpur
तस्विरमा भिडन्तमा मा*रिएका प्रहरी जवान सञ्जिव राई ।

जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गो*ली लागेको थियो । भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृ*त्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन् ।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पे*स्तोल र चार राउन्ड गो*ली बरामद भएको प्रहरीले जनाएको छ ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेकको प्रहरीले जनाएको छ । हाल मृ*तक प्रहरी र विप्लव कार्यकर्ता दुबैको श*व जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्