यस्तो अबस्थामा छ दुर्घटना भएको यतिको बिमान
त्रिभुवन विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल बन्द गरिएको अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् ।
सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । त्यसपछि पनि चिप्लिएको विमान निकाल्न केही समय लाग्ने भएपछि सवा २ बजेसम्म नोटामको समय थप गरिएको थियो ।
सवा २ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ३ बजेसम्मलाई नोटाम अद्यावधिक गरिएको छ । चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ ।
![Yati Air Crash in Airport, Tribhuwan Airport](https://everestwall.com/wp-content/uploads/2019/07/yati-airlines-crash-plane-1024x645.jpg)
यति एयरको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ । अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ । यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन् ।
विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो । अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए ।
![Yati Air Crash in Airport](https://everestwall.com/wp-content/uploads/2019/07/yati-air-crash-in-airport-1024x634.jpg)
काठमाडौं आउँदै गरेका नौ वटा अन्तराष्ट्रिय उडान डाइभर्ट भएका छन् भने काठमाडौंबाट उडान हुनुपर्ने दशवटाको उडान स्थगन भएको छ । हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ ।
विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन् ।
ती ड्युटी अफिसरका अनुसार चाइना एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन् । नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्ली डाइभर्ट गर्ने तयारी गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्