यौ*न शोषणबाट जन्मिएका बच्चालाई नागरिकता
राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारमा रहँदा यौ*न शोषणबाट अनिच्छित गर्भधारण गरी जन्मेका बालबालिकाको जन्मदर्ताको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।
स्थलगत अध्ययनका क्रममा यौ*न शोषणबाट अनिच्छित गर्भधारण भई जन्मेका नेपाली कामदारका बालबालिकाहरूको जन्मदर्तामा समस्या देखिएको पाइएको उल्लेख गर्दै स्थानीय तहलाई निर्देशन दिन आवश्यक भन्दै त्यस्तो सिफारिस गरेको हो ।
आप्रवासी कामदारको स्थिति र अधिकारका बारेमा प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानका क्रममा वैदेशिक रोजगारमा रहँदा महिला कामदार गर्भवती भई विदेशमै वा नेपालमा आएर जन्माएका बच्चाहरूको जन्मदर्ता नहुनेजस्ता थुप्रै समस्या भेटिएको आयोगले जनाएको छ ।
![Mom and Baby](https://everestwall.com/wp-content/uploads/2018/05/mom-baby-1024x768.jpg)
त्यसरी जन्मेका बच्चाहरूको नागरिक अधिकार हनन भइरहेको निष्कर्ष प्रतिवेदनमा छ । वैदेशिक रोजगारीका लागि महिलामाथि लगाइएको उमेरको हद तथा प्रतिबन्ध हटाउन पनि आयोगले सरकारलाई सिफारिस गरेको छ ।
प्रतिवेदनमा भनिएको छ–‘महिलामाथि लगाइएको उमेर हद र प्रतिबन्ध हटाई सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीमा पठाउने कार्यलाई व्यवस्थापन गर्नुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्