सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नेपालीको कम्पनीलाई विदेशी कामदार व्यवस्थापनको सम्बन्धन

नेपाली कामदार जापान लैजाने सहमती भएपछी भाषा परिक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ तारिखमा काठमाण्डौमा भाषा र सिप परिक्षा गराउँदैछ । भाषा र सिप परिक्षा भएसंगै उतिर्ण हुने कामदार छनौटको सुचीमा पर्नेछन् । भाषा र सिप परिक्षा उतिर्ण गरेसंगै तोकुतेई गिनोउ (बिशेष सिप) भिषामा जापान जाने प्रक्रियाको सुभारम्भ हुनेछ ।

जापानले नेपाल लगायत बिभिन्न ९ देशबाट सन् २०१९ देखी पाँच बर्षको अवधीमा ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । जापानले यसरी विदेशी कामदारहरुलाई भित्र्याउन र भइपरि आउने समस्याहरुमा सहयोग पुर्याउन बिभिन्न संस्थाहरुलाई आधिकारीक सम्बन्धन दिएको छ ।

यस्तो सम्बन्धन प्राप्त गर्नेमा नेपालीहरुले सञ्चालन गरेको ‘एसएमएस कर्पोरेशन’ पनि परेको छ । जापानको तोचिगिमा ५ बर्ष अघि ३ जना नेपालीहरुको लगानीमा स्थापना भएको एसएमएस कर्पोरेशनले हाकेन एजेन्सी सञ्चालन गर्दै आएकोमा हाल जापान सरकारबाट ‘जब इन्ट्रोडक्सन एजेन्सी’ र ‘रजिष्टर्ड सपोर्ट अर्गनाईजेसन’को पनि सम्बन्धन प्राप्त गरेको छ ।

SMS haken japan, Nepali in Japan

अब यस संस्थाले जुन २८ तारिख देखी विभिन्न देशहरुबाट तोकुतेइ गिनोउ (बिशेष सीप) भिषामा कामदारहरु ल्याउने प्रक्रियालाई अगाडी बढाईरहेको छ । हाल यस कम्पनिमा जापान भित्र रहेका जापानी, नेपाली लगायत अन्य देशका ३०० जना भन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरिरहेका छन् ।

यसअघि जापान भित्र रहेका विदेशी कामदारहरुलाई अपार्टमेन्टको व्यवस्था, भाषा अनुवाद, दैनिक जिवनयापनका समस्याहरुको निकासमा सहयोग सहित रोजगारीको अवसर पनि प्रदान गर्दै आएको एसएमएस कर्पोरेशनले नयाँ कानुन आएसँगै नेपाल लगायत अन्य देशहरुबाट जापान भित्रिने बिदेशी कामदारहरुको प्रशिक्षण र सहयोगको लागी पनि आफ्नो योजना अगाडी सारेको हो ।

विगतदेखि जापानले सामना गर्दै आएको कामदारहरुको चरम अभावलाई सम्बोधन गर्दै यसै वर्षको अप्रिल १ तारिखबाट जापान सरकारले नयाँ कानुनलाई अनुमोदन गरी तिब्र रुपमा कार्यान्वयनको प्रक्रिया अगाडी बढाइएको छ । जसअन्र्तगत नेपाल लगायत अन्य ८ ओटा मुलुकबाट विशेष सिप भएका विदेशीहरुलाई जापान भित्र्याउने योजना जापान सरकारले लिएको छ ।

यो कानुन आउनु अगाडी आवश्यक प्रक्रिया पुरा गरी ट्रेनी (प्रशिक्षार्थी) भिसामा कामदारहरु जापान आउने गरेका थिए । यसअघि प्रशिक्षार्थी भिसामा आएका कामदारहरुलाई पर्न गएका विविध समस्याहरुको अध्ययन र अनुसन्धान गरी पुनः त्यस्ता समस्याहरुलाई दोहोरिन नदिन जापानले नयाँ कानुनमा गंभिर रुपमा फेरबदल ल्याएको छ ।

छोटकरीमा भन्दा विदेशी कामदारहरुको सुविधा र हितलाई मध्यनजर राख्दै जापान आएपछी कामदारहरुले भोग्नुपर्ने हरेक समस्याहरुको प्रभावलाई कम गर्न स–साना कुराहरुलाई पनि अहिलेको कानुनले सम्बोधन गरेको छ ।

अहिलेको तोकुतेइ गिनोउ भिषामा विशेष सिप भएका विदेशी कामदार भित्र्याउने जापानी कम्पनीले एयरपोर्टबाट कम्पनीसम्म लैजाने व्यवस्था मात्र नभई उनीहरुको बस्ने नगरपालिकामा दर्ता गर्ने, बैंक खाता खोल्ने, जापानी भाषा अध्ययन गर्ने, जापानि नागरिकसँग घुलमिल गर्ने, दैनिक जिवनका कुराहरु सिकाउने, आपतकालिन घडीमा आवश्यक सहयोग गर्ने मात्र नभएर गरिरहेको काम नसकेर छोडेमा वा छुटेमा नयाँ काम खोज्न सहयोग गर्ने सम्मको जिम्मेवारी बहन गर्नुपर्ने कुरा कानुनमा तोकिएको छ । कम्पनी स्वयंले उक्त कामहरु गर्न नसकेमा जापान सरकारको सम्बन्धन प्राप्त (रजिष्टर्ड सपोर्ट अर्गनाइजेसन) कम्पनीसँग सहकार्य गर्न सक्ने कानुनी व्यवस्था छ ।

बिशेष सिप भएका विदेशी नागरीक तोकुतेइ गिनाउ भिसामा जापानमा आउनको लागि आफ्नो देशमा जापानि कानुनको मापदण्ड अनुसार पहिलो जापानी भाषाको परिक्षा र दोस्रोमा आफु जुन कामको लागी जाने हो, त्यस विषयको परिक्षा अनिवार्य उत्तिर्ण हुनुपर्नेछ ।

SMS haken japan, Nepali in Japan

त्यसपछी आफुले पास गरेको परिक्षासंग सम्बन्धित जापानी कम्पनीमा कामको अप्रोच गरी कम्पनीको छनोटमा परेमा कामको सम्झौताको कुरा अगाडी बढ्नेछ । कम्पनीको सुविधामा सहमत भएमा कामदारको हस्ताक्षर भएपछी कम्पनीले जापानको इमिग्रेसनमा भिषाका लागि आवेदन दिनेछ ।

भिषा प्राप्त गरी जापानको एयरपोर्टमा आएपछी कामदारलाई पिकअप गर्ने देखी लिएर कानुनले तोकेका प्रशिक्षणका कार्यक्रम लगायत जापानमा आइपर्ने हरेक समस्यामा एसएमएस कर्पोरेशन जस्तै सम्बन्धन प्राप्त रजिष्टर्ड सपोर्ट अर्गनाइजेसनले सहयोग पुर्याउनेछन् ।

रजिष्टर्ड सपोर्ट अर्गनाइजेसनले पुर्याउने सहयोगहरु यसप्रकार छन्ः
१. जापान आउनु अगाडी कम्पनिसँगको एग्रिमेन्ट पेपर, कामको अवस्था, जापान छिर्ने प्रक्रियाहरु आदीको सम्बन्धित देशको भाषामा अनुवाद गरी जानकारी दिने ।

२. एयरपोर्टबाट कम्पनि नजिकको बस्ने अपार्टमेन्टसम्म पिकअप गर्ने ।

३.बस्ने बासस्थान (अपार्टमेन्ट)को व्यवस्था मिलाउने, बैंक खाता खोल्न सहयोग गर्ने, मोबाइल फोन लिन सहयोग गर्ने र आपतकालिन फोन नम्बरहरुको जानकारी दिने ।

४. जापानको कानुन, नैतिक शिक्षा, सार्वजनिक सुबिधाको उपयोग तथा प्राकृतिक प्रकोप आउँदा भाग्ने ठाउँ, तरिका आदीको जानकारी दिने ।

५. आवश्यकता अनुसार विमा, कर लगायत अन्य प्रक्रियामा आवेदन गर्न सहयोग गर्ने ।

६. जापानि भाषा पढ्ने ठाउँको जानकारी र पढ्ने सामाग्री संकलन गर्न सहयोग गर्ने ।

७. सम्बन्धित देशको भाषामा वा बुझ्ने शब्दमा काम गर्ने ठाउँ वा दैनिक जीवनमा आएका समस्याको समाधानको लागी सहयोग गर्ने र प्रशिक्षण दिने ।

८. आफ्नो टोल सुधार समिति लगायत वरीपरी बस्ने जापानी नागरिकहरुसँग घुलमिल गर्न र स्थानीय चाडपर्वमा सहभागी हुने अवसर मिलाउने ।

९. बिशेष कारणवस काम छुटेमा वा कामको सम्झौता रद्ध भएमा नयाँ काम खोज्नको लागि आवश्यक सहयोग पुर्याउने ।

१०. समय समयमा विदेशी कामदारहरुलाई अन्र्तवार्ता लिने र कामदारको सुचना सरकारी निकायमा सम्प्रेषण गर्ने ।

एसएमएस कर्पोरेशनले जापानी कानुनमा आधारित भई नेपाल, म्यानमार, इन्डोनेसिया लगायत अन्य विभिन्न देशका भाषामा कामदारहरुलाई प्रशिक्षण दिई सहयोग पुर्याउने बताएको छ । एसएमएस कर्पोरेशनले सुरु गरेको यस कार्यबाट नेपाली लगायत अन्य विदेशी कामदारहरु पनि थप लाभान्वित हुनेछन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्