सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री केपी ओलीको बंगारा फुत्किएपछी

प्रधानमन्त्री केपि शर्मा ओलीले आफू अस्थायी बिरामी भएको बताएका छन् । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपणपछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अस्थायी बिरामी भएको बताएका छन् ।

शनिबार बिहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू नक्कली बिरामी नभएको प्रष्ट्याएका छन् । उदघाटन कार्यक्रममा उनले अहिलेका व्यक्तिको जीवनशैली, स्वास्थ्य अवस्थाको चर्चा गरेका थिए ।

KP Oli PM

आफ्नी हजुरआमा १०१ वर्ष हुँदा पनि स्वस्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले शुक्रबार राति आफ्नो बुद्धि बंगारो खुस्किएको प्रसंग जोडेका हुन् । ‘हिजोराति दाहिनेपट्टिको बुद्धी बंगारो आफैँ खुस्कियो । बंगारोको जरा रहेनछ । रगत पनि आएन । बंगारो अशक्त भएको रहेछ ।’

आफू ६७ वर्षकै उमेरमा अस्वस्थ भएकोबारे उनले चर्चा गरेका छन् । भवन उद्घाटनका लागि बिहान ९ बजे निर्धारित समय तोकिए पनि प्रधानमन्त्री ओली झण्डै एक घण्टा ढिलो उपस्थित भएका थिए । अस्वस्थ महसुस भएपछि अलिबेरसम्म सुतेको र कार्यक्रममा आउन ढिलो भएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्