अस्ट्रेलियामा कार दुर्घटनामा २ नेपालीको मृ*त्यु
अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै भएको एक सडक दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृ*त्यु भएको छ । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको बताइएको छ ।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शनिबार साँझ स्नोई माउण्टेन जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिँडेको थियो ।
दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृ*त्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटाले भनेकी छिन्–‘हामीले अहिलेसम्म प्रहरी तथा आधिकारिक स्रोतबाट मृ*तकको बारेमा पूर्ण जानकारी पाएका छैनौं तर सोही गाडीमा सवार घाइतेहरुका अनुसार दुई विद्यार्थीले ज्या*न गुमाएका छन् ।’
उक्त दुर्घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए । कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताएका छन् ।
उनले भनेका छन्–‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं ।’ बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ सिड्नीबाट स्नोई माउण्टेनका लागि उनीहरु ३ वटा गाडीमा हिँडेका थिए ।
बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्यानबेरा ल्याइएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ ।
क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएनएका प्रतिनिधिहरु समेत अस्पताल पुगेको बताइएको छ ।
घाइतेहरुलाई भेटेपछि कार्यवाहक राजदूत सापकोटाले मृत*कहरुको बारेमा प्रहरीबाट जानकारी लिने प्रयास भइरहेको र घाइतेहरुलाई आवश्यक सहयोग पुर्याउन दूतावास तयार रहेको बताइन् ।
मृ*तकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्