सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मेलम्चीको खानेपानिले लियो २ मजदुरको ज्यान

बालाजु चोक स्थित मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन सफाइको काम गर्दै गरेका दुई जना कामदारको ज्यान गयको छ।

घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृ*त्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग रानीपोखरीले उनीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घ*टना भएको थियो ।‘भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो’

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरिले जनायको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्