त्रिभुवन विमानस्थलबाट ४ केजी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ केजी अवैध सुनसहित २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका छन् । आइतबार राति हङकङबाट १०ः५० बजे काठमाडौं ओर्लिएका चिनियाँ नागरिक लीको साथबाट ४ किलो सुन बरामद गरिएको बिमानस्थल भन्सारले जनाएको छ ।
चिनियाँ नागरिक लीको साथमा रहेको ब्याग भित्र कपडाको बेल्टमा एक केजी तौलका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको हो ।
विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार परिक्षणमा उक्त सुन सक्कली नै रहेको पुष्टि भएपछि चिनियाँ नागरिकलाई थप अनुशन्धानका लागि प्रहरी हिरासतमा पठाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्