सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रवीको समर्थनमा उत्रेका २२ जना परे प*क्राउ

सालीकराम पुडासैनिलाई आत्मह*त्या दुरुत्साहन आरोपमा प*क्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा चितवन क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये अहिले सम्म जम्मा २२ जना प*क्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका मध्ये चारजना धरौटीमा छुटेका छन् भने १८ जनालाई अनुसन्धानको लागि भनेर प्रहरीले हिरासतमा राखेको छ ।

रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ । प्रहरीले साउन ३२ गते चार जनालाई पक्राउ गरेको थिय भने भदौ २ गते १० जनालाई पक्राउ गर्‍यो । त्यसपछी मंगलबार रवि सहित तीन जनालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजाने दिनमा प्रदर्शनमा उत्रिएका ८ जनालाई प*क्राउ गरेको हो ।

प्रहरिले निषेधित क्षेत्र घोषणा गरे संगै समर्थकहरुको प्रदशनमा पनि केही पातलो हुँदै गयको छ ।प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो । सोही दिन कांग्रेस चितवनले पनि आफ्नो विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने विज्ञप्ति जनाइयको थियो ।

माउन्टेन टीभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी साउन २० गते राति नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा पुडासैनीले रविसहित तीन जनाका कारण आफूले आत्मह*त्या गरेको बताएका छन् । सोही भिडियोको आधारमा रबी लामिछाने सहित् युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार काठमाडौंबाट प*क्राउ गरेर चितवन प्रहरीले भरतपुर ल्याएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्